राजनीति

रविलाई बधाई दिँदै जीतनारायण श्रेष्ठले भने, 'अब ठुला दल कि सच्चिनुपर्छ कि सक्किनुपर्छ'

चितवन–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ पराजय स्वीकारेका छन्। चुनावको आधिकारिक मतपरिणाम नआउँदै श्रेष्ठले हार स्वीकार गर्दै  स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिएका हुन्।  

गणना गर्नुपर्ने मतभन्दा रास्वपाका उम्मेदवार रवि लामिछानेले धेरै मतान्तर बनाइपछि सबैले उनलाई बधाई दिनेक्रम जारी छ ।  

श्रेष्ठले रविलाई बधाई दिएर संचारकर्मीहरुसँग कुरा गर्दै अब ठुला दलहरुले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताए। उनले ठुला दलहरुले अब कि त सच्चिनुपर्छ कि सक्किनुपर्छ भन्दै कांग्रेस सक्किने भन्दा पनि सच्चिने तर्फ जाने विश्वास व्यक्त गरे।  

'ठुला दलहरु यात सच्चिए या त सक्किनु पर्छ भन्ने सन्देश परिणामले दियाे  कांग्रेसमात्र होइन एमालेको पनि त्यस्तै छ। हामीलाई सक्किनु छैन। त्यसैले अब सच्चिनुपर्छ।' उनले भने। 

जीतनारायणले पत्रकारहरूसँग भने, ‘मैले परिणामलाई स्वीकार गरेको छु। हार स्वीकार गरेको छु। अझै म जनताका काम गर्दै अघि बढ्छु। रविजीलाई बधाई छ। म उहाँलाई बधाई दिन आएको हुँ।’

प्रकाशित: १२ वैशाख २०८० ०५:२१ मंगलबार

जित नारायण श्रेष्ठ नेपाली कांग्रेस उपनिर्वाचन