राजनीति

पछिल्लो समय लोकतन्त्रको गलत अभ्यास भयोः नेता भट्टराई

नेकपा एमालेका नेता खिमलाल भट्टराईले पछिल्ला राजनीतिक घटनाले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताएका छन्।

सोमवार काठमाडौंमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्रमा जनमतको कदर हुन नसकेको उल्लेख गरे। उनले अहिलेको राजनीतिक अभ्यासले जनमतको कदर नगरेको दाबी समेत गरे।

जनताले रोजेको पहिलो पार्टी नेकपा एमाले प्रमुख प्रतिपक्षमा र संसदमा ठूलो रहेको पार्टी सहयोगीको भुमिका रहनु भनेको लोकतन्त्रको गलत अभ्यास रहेको उनको भनाइ थियो। उनले लोकतन्त्रको गलत अभ्यासबाट वर्तमान चुनौतिलाई पार लगाउन नसकिने स्पष्ट पारे।

नेता भट्टराईले नेपाली काँग्रेस टेको बिा उभिनै नसक्ने स्थितिमा पुगिसकेको जिकिर गरे।

प्रकाशित: ११ वैशाख २०८० १३:१६ सोमबार