राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले मागे बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत मागेका छन्। अहिले जारी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले बिश्वासको मत मागेका हुन्। २७ पुसमा मुख्यमन्त्री नियुक्त हुँदा समर्थन दिएका २५ सांसदको समर्थन फिर्ता भएपछि उनले आज पुनः बिश्वासको मत माग्नु परेको हो।  

८७ सदस्यीय सांसद संख्या रहेको यो प्रदेशमा मुख्यमन्त्री गिरीको पक्षमा ३३ मत मात्रै देखिन्छ। बिश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले प्रदेशको समुन्नत बिकासका लागी सबै राजनीतिक दलहरुका बिचमा सहमती र सहकार्य आवश्यक रहेको भन्दै अल्पमत वा बहुमतको खेलमा लागेर प्रदेशको बिकासका बाधक नबन्न आग्रह गरे।

प्रकाशित: ११ वैशाख २०८० ०६:४३ सोमबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी बिश्वासको मत