राजनीति

बारा २ को मतगणना ११ बजे देखि हुने

बारा क्षेत्र नम्बर २ को मतगणना विहान ११ बजे देखि शुरु हुने भएको छ । विहान ८ बजे देखि बसेको सर्वदलीय बैठकपछि विहान ११ बजे देखि मतगणना हुने सहमती भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिएका छन ।

मतगणना गर्नका लागि सदरमुकाम कलैया उपमहानगरपालिका ३ मा रहेको शैक्षिक तालिम केन्द्रमा मत पेटिकाहरुलाई ल्याएर राखिएको छ।

हिजो भएको बारा २ को उपनिर्वाचनमा बाट सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का पुरूषोत्तम पौडेल, आम जनता पार्टीका अरूण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल लगायतका ३४ उम्मेदवार रहेका छन् ।बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

यो क्षेत्रमा महागढी र पचरौता नगरपालिका, करैयामाई ,सुवर्ण  र देवताल गाउँपालिकाका ४४ वडा छन्।

प्रकाशित: ११ वैशाख २०८० ०३:४६ सोमबार

तनहुँ १ बारा २ र चितवन २