राजनीति

चितवनबासीलाई धन्यवाद दिंदै रविले भने: हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा विशेष नमन्

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर-२ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले चितवनबासीलाई धन्यवाद दिएका छन्।

आइतबार बेलुका सामाजिक सञ्जालमा स्टाटस लेख्दै रविले  हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा चितवनवासीलाई विशेष नमन् भनेका हुन्। 

उनले लेखेका छन्,'तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ वासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार ! आफ्नो मताधिकार प्रयोग गरेर  लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं। हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू,सुरक्षा निकाय, निर्वाचन आयोग, आम संचारकर्मीहरु  र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं।अन्तमा, निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने  नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौं। हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष नमन्।' 

रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनको उम्मेदवार हुन्।   चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित: १० वैशाख २०८० १४:०१ आइतबार

रवि लामिछाने चितवन क्षेत्र नम्बर-२