राजनीति

बारा –२ मा ६५ प्रतिशत मतदान, मतपेटीका सिल गरी मतगणनास्थल ल्याइदै

महागढीमाई नगरपालिका ३ गंजभवानीपुर ३ मा रहेको भोला माध्यमीक बिद्यालयमा मतदान गर्न पुगेका मतदाताहरु।

बारा–२ मा उपनिर्वाचन अन्तर्गत आईतबार सम्पन्न भएको मतदानमा ६५ प्रतिशत मत खसेको छ।

बिहान  ७ बजे देखि बेलुका ५ बजेसम्म गरिएको मतदानमा ६८ हजार दुई सयको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताएका हुन्।

६ वटा स्थानीय तहहरुको ४४ वटा वडाहरुमा रहेको बारा –२ को निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ जना मतदाता रहेको उनले बताए।

८२ वटा मतदान स्थलहरुबाट शान्तिपुर्ण मतदान गराउनको लागि एक सय ३७ वटा मतदान केन्द्रहरु तोकेर मतपेटिकाहरु राखिएको उनले बताए।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बारा–२ को उपनिर्वाचनलाई निष्पक्ष र शान्तिपुर्ण तरिकारले सम्पन्न भएको बताएका छन्।

मतदान कार्य शन्तिपुर्ण तरिकाले सम्पन्न भए पछि मतपेटीकाहरुलाई सिल गरेर मतगणना हुने कलैया उपमहानगरपालिका ३ गंगापुरमा रहेको शैक्षिक तलिम केन्द्रको हलमा ढुवानी गर्न व्यवस्था गरिएको प्रजिय सापकोटाले बताए।

उपनिर्वाचन शान्तिपुर्ण तरिकारले सम्पन्न गर्नको लागि नेपाली सेनाका चार सय, सशस्त्र प्रहरी बलका सात सय र नेपाल १८ गरेर २९ सय सुरक्षाकर्मीहरुलाई फिल्डमै खटाइएको थियो।

बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो। जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोक्तम पौडेल, रास्वपाका रमेश प्रसाद खरेल र अम जनता पार्टीका अरुण कुमार ज्ञवाली लगाएत ३४ जनाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

बुथ कब्जा  गरेको खबर भ्रामक 

बारा–२ को उपनिर्वाचन अन्तर्गत मतदान भैरहेको केही बुथलाई कब्जा गरिएको आरोप  जनमतका अध्यक्ष सिके राउतले लगाउँदा सुरक्षाकर्मी र कर्मचारीहरु तनावमा परेको छन्।

बरियापुरमा सन्चालकर्मीसँग राउतले आईतबार बिहानै ९ बजे तिर भने , पचरौताको बेल्दारी , देवतालको झिटकैया लगाएतको बुथहरुलाई जसपाको कार्यकर्ताले कब्जा गरेको र प्रहरी , प्रशासनले सहयोग गरेको छ।

बुथ कब्जा गरेको सार्वजनिक भए पछि हेलिक्पटरबाट नेपाली सेनाका अधिकारीहरुले त्यसको केही समय पछि बेल्दारी र देवतालको  निरिक्षक गर्न पुगेका थिए। निरिक्षणको क्रममा अवस्था समान्य देखे पछि सेनाका अधिकारीहरुले हेरेर फर्केका थिए।

सेनाका अधिकारीहरु फर्के पछि सडक मार्ग हुदै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बेल्दारी र झिटकैया मतदान स्थालमा पुगेर मतदान कार्यमा खटिएका उम्मेदवारहरुको पोलिङ्ग एजेन्ट र सुरक्षाकर्मीहरुसँग घटनाको बारेमा बुझदा बुथ कब्जा गरिएको आरोप भ्रामक रहेको  बताएका थिए।

सिके राउतले बेल्दारी र झिटकैयाको मतदान स्थाल जसपा कार्यकर्ताले कब्जामा लिएको घटना भ्रामक रहेको र भ्रामक कुराले निर्वाचन आयोज देखि सुरक्षाकर्मीहरुलाई नै अनावश्यक तनाव दिएको बाराका प्रहरी उपरीक्षक गोबिन्द्र बोगटीले बताएका छन्।

मतदान स्थालहरुमा जाँदा मतदाता भन्दा बढी संख्यामा सुरक्षाकर्मी र कर्मचारीहरुले रहेको अवस्थामा बुथ कब्जा गर्न कुनै व्यक्ति वा पार्टीले आटै गर्न नसकिने बोगटीले बताए।

प्रकाशित: १० वैशाख २०८० १३:३५ आइतबार

उपनिर्वाचन बारा –२