राजनीति

संशोधन विधेयक पारित भए पनि काम छैनः यादव

काठमाडौं– संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक काम नलाग्ने भएको टिप्पणी गरेका छन्। संयोजक यादवले भने, ‘संशोधन विधेयक पारित गरे पनि काम लाग्ने छैन, यसले समस्याको निकास दिँदैन्।’

संघीय समाजवादी फोरम नेपालका समेत अध्यक्ष रहेका संयोजक यादवले अहिले आफैले बनाएको संविधान आफै उल्लंघन गर्ने काम भैरहेको आरोपसमेत लगाए। ‘अहिलेको सरकारले आफूले बनाएको संविधान आफै उल्लंघन गर्ने काम गरिरहेका छ, संविधानमा २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था छ, तर अहिले ४३ सदस्य पुगिसके, अझै ६-७ जना लाइनमा बसिरहेका छन्।’

स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन आफूहरुलाई स्विकार्य नभएको बिहीबार रिपाेर्टर्स क्लबमा उनले बताए। 

प्रकाशित: १३ माघ २०७३ ०८:३३ बिहीबार

संशोधन विधेयक पारित भए काम छैनः यादव