राजनीति

चितवन–२ मा मतदान सुरु

प्रतिनिधिसभा सदस्य पदका लागि चितवन–२ मा उप–निर्वाचनको मतदान सुरु भएको छ।अहिले विहान ७ बजेदेखि अधिकांश मतदान केन्द्रमा एकैसाथ मतदान सुरुभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

केही स्थानमा मतदानको तयारी भैरहेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।मतदान गर्न मतदाता बिहानै देखि लाइनमा बसेका थिए।चितवनमा गर्मी भएकाले बिहानैदेखि मतदाता लाइनमा देखिएका हुन् ।मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। 

चितवन–२ मा १ लाख २४ हजार ६९५ मतदाता छन् । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुरका १० वटा वडाहरू छन् । ४३ स्थानमा १३८ मतदान केन्द्र मार्फत मतदान भइरहेको छ।

प्रकाशित: १० वैशाख २०८० ०१:४२ आइतबार

चितवन–२ मा मतदान सुरु उप–निर्वाचन