राजनीति

माघ १५ भित्र चुनाव घोषणा: प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले बेलाबेलामा गम्भीर निर्णय लिने गरेको बताउँदै माघ १५ गतेभित्र चुनाब मिति घोषणा गर्ने बताएका छन्। उनले संसदीय मामिला पत्रकार समाजले प्रकाश गरेको संसदीय पत्रकारिता नामक पुस्तक विमोचन गर्दै उनले भने, 'वैशाख २५ देखि ३० मा चुनाब हुन्छ।'

मुल संशोधनमा छलफल हुँदै गर्दा अर्को संशोधन अघि बढाएर मोर्चाका माग सम्बोधन गर्न सकिने प्रधानमन्त्री दाहालको भनाइ थियो।

माघ १५ भित्र सबै चुनाबी विधेयक तयार भइसक्ने बताउँदै उनले सबैलाई मिलाएर नै चुनाब घोषणा गर्न लागेको बताए। 'सबैलाई मिलाएर नै मिति चुनाब घोषणा गर्छु। राष्ट्रिय सहमति बनाउने एकता सुदृढ गर्ने कठोर निर्णय अब हामी सबैले लिनुपर्छ', उनले भने।

संशोधन विधेयकलाई परिमार्जन र हेरफेर गरी टुङ्ग्याउन सक्दा धेरै राम्रो हुने बताउँदै उनले मधेसी मोर्चाले उठाएको विषयलाई अर्को तरिकाबाट पनि सम्बोधन गर्न सकिने बताए। मुल संशोधनमा छलफल हुँदै गर्दा अर्को संशोधन अघि बढाएर मोर्चाका माग सम्बोधन गर्न सकिने प्रधानमन्त्री दाहालको भनाइ थियो।

प्रकाशित: ९ माघ २०७३ १२:१० आइतबार

१५ चुनाव घोषणा प्रधानमन्त्री