राजनीति

बैशाखमै चुनाव हुन्छः देउवा

हेलिकप्टर चढेर विवाहमा सहभागी हुन पुगेका कांग्रेस सभापति शेर वहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधी। तस्बिरः मदन ठाकुर

रौतहट–नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन बैशाखमै हुने बताएका छन् ।

नेपाली कांग्रेस रौतहटका सभापति एवं पूर्व सांसद कृष्णप्रसाद यादवकी छोरीको बिहेमा सहभागी हुन हेलिकप्टरमा रौतहटको बरियारपुर पुगेका देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै सबै पक्षको सहमतिमा बैशाखभित्रै स्थानीय निकायको निर्वाचन हुने ठोकुवा गरेका हुन् ।

संसदमा प्रस्तुत संविधान संशोधन विधेयक पारित हुने देउवाले बताए । उनले दुई तिहाई बहुमतको पुर्याउन प्रयास भैरहेको बताए ।

मधेसी मोर्चा लगायतकाले उठाउदै आएको मधेसी, मस्लिम, दलित, आदिबासी जनजातिको समस्या पनि संविधानको संशोधनपछि समाधान भएर जाने देउवाले बताए ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेनद्र निधी, नेपाली कांग्रेसका सासंदहरु पुष्पा भुषाल, महेन्द्र यादव, अजय चौरसिया, अजय द्धिवेदी, सुनिल यादव तथा नेकपा एमाले सांसद लालवाबु यादव र एमाओवादीका अशोक जयसवाल लगायतका नेता कार्यकर्ता सहभगी थिए ।

प्रकाशित: ९ माघ २०७३ ११:५१ आइतबार

बैशाखमै चुनाव हुन्छः देउवा