राजनीति

संविधान कार्यान्वयन अहिलेको आवश्यकताः नवनियुक्त मन्त्री सिंह

काठमाडौं– नवनियुक्त खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन भन्दा पनि कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन्।  

मन्त्री सिंहले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परे संविधान संशोधन हुन सक्ने बताएका हुन्। ‘संविधान कार्यान्वयन नै अहिलेको आवश्यकता हो, कार्यान्वयन गर्दै जाँदा जटिलता आयो भने संशोधन गर्न सकिन्छ,’ उनले भने।

मन्त्री सिंहले आफूले नै नेपालमा पहिलो पटक खानेपानी तथा सरसफाई मन्त्रीको जिम्मेवारी सम्हालेको बताउँदै भने, ‘अन्तर्राष्ट्रिय स्तरमा नेपालले खानेपानी तथा सरसफाइको बारेमा धेरै प्रतिबद्धता गरेको थियो, तर कार्यान्वयन गर्नको लागि भने मन्त्रालय नै थिएन, त्यसैले मैले नै नेपालमा पहिलो पटक मन्त्रालयको रुपमा काम सुरु गरेको हुँ, अहिले त त्यही अनुसार बजेट तर्जुमा भैसकेको छ।’

उनले आफूले नै पहिलो पटक नेपालमा हेभ्भी पम्पिङ् परियोजनाहरु समेत सुरु गरेको दाबी गर्दै भने, ‘भेरी, गोरखा, हलेसीलगायतका विभिन्न ठाउँमा हेभी पम्पिङ् प्रोजेक्टहरु कार्यान्वयनमा आउँदैछन्।’ त्यस्तै, उनले मेलम्ची खानेपानी आयोजना पनि द्रूत गतिमा निर्माण गर्न आफूले नै पहल गरेको दाबी गरे।

त्यस्तै तराईमधेशका २० जिल्लामा समेत तराई खानेपानीसुधार आयोजना सुरु गरिएको र त्यसअन्र्तगत १ सय ६ आयोजनाहरु कार्यान्वयनमा आउने चरणमा रहेको उनको भनाइ थियो। त्यस्तै ढल निकासका कार्यक्रमहरुसमेत आफूले नै अघि सारेको उनले जिकिर गरे। मन्त्री सिंहले आगामी दिनमा आफूले अघि सार्ने कार्यक्रमहरुलाई जनतासमक्ष पुर्याउनको लागि मिडियासँग सहकार्य गर्दै अघि बढ्ने समेत विश्वास व्यक्त गरे।
 

प्रकाशित: ७ माघ २०७३ ०८:२६ शुक्रबार

संविधान कार्यान्वयन अहिलेको आवश्यकताः नवनियुक्त मन्त्री सिंह