राजनीति

सहमतिमै निर्वाचनको मिति घोषणा गर्नुपर्छः गच्छदार

उर्लाबारी (मोरङ)-मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । 

मोरङको विराटनगरमा आज दिउँसो कार्यकर्तासँगको भेटमा अध्यक्ष गच्छदारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई पाखा लगाएर मुलुकले निकास नपाउने भएकाले उसलाई सहमतिमै ल्याएर निकास खोज्नुपर्ने विचार व्यक्त गरे । 

उनले पहिले संशोधन प्रस्ताव परिमार्जन गर्नुपर्ने र त्यसपछि दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुनुपर्ने धारणा राख्दै संविधान संशोधन प्रस्ताव परिमार्जन नभएसम्म निर्वाचनको वातावरण बन्न नसक्ने भन्दै हिमाल, पहाड, मधेस तथा तराईको भावनालाई सम्बोधन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन दल लाग्नुपर्ने बताए । रासस

प्रकाशित: ५ माघ २०७३ १२:५३ बुधबार

सहमतिमै निर्वाचनको घोषणा गर्नुपर्छः गच्छदार