राजनीति

कामपा मेयर बालेन साहबिरुद्धको रिटमा आज सुनुवाई

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकोमा आज सुनुवाई हुँदैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमवार रिट दायर गरेका थिए।

जसको सुनुवाई मंगलवारका लागि तोकिएको छ। आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न रिटमा माग गरिएको छ।

प्रकाशित: ५ वैशाख २०८० ०३:४८ मंगलबार

बालने शाह सिंहदरबार प्रधानमन्त्री निवास बालुवाटार राष्ट्रपति कार्यालय शीतल निवास फोहोर नउठाएको