राजनीति

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच छलफल जारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका पाँच दलका नेताहरूबीच छलफल भइरहेको छ।

बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललगायतका नेता सहभागी छन्।

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई चाँडै टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ।

प्रकाशित: ४ वैशाख २०८० १३:१४ सोमबार

सत्ता साझेदार दल