राजनीति

उपप्रधानमन्त्री श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलको भेट

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्।

सोमबार गृह मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतसँग उपप्रधानमन्त्री श्रेष्ठको भेट भएको हो।

भेटमा अर्मिदाले अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा हुने ग्राजुएसनका लागि राष्ट्रिय योजना आयोगको सहकार्यमा नेपालमा कार्यशाला गोष्ठी आयोजना गर्ने तथा उक्त कार्यशाला गोष्ठीमा केही प्रदेश तथा अतिकम विकसित राष्ट्रहरुको उपस्थिति रहने व्यहोरा जानकारी गराएकी थिइन्।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले अतिकम विकसित राष्ट्रको सूचिबाट  सन् २०२६ मा बिकसिल रास्ट्रको सुचिमा स्तरोन्नति हुने प्रक्रियामा रहेको छ।सो सम्बन्धमा संयुक्त राष्ट्रसंघबाट भएको समन्वय तथा सहकार्यको लागि धन्यवाद दिए। दीगो विकासमा विशेष ध्यान दिनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ। साथै नेपालको आफ्नै मौलिक चुनौतीहरू रहेको र उक्त चुनौतीहरूलाई सम्बोधन गर्दै स्तरोन्नति हासिल गर्न नेपालले आवश्यक तयारी गरिरहेको उपप्रधानमन्त्रीको भनाइ थियो।

अर्मिदाले संरचनात्मक रुपान्तरण जरुरी हुने भएकोले नेपालले कृषि, नवीकरणीय उर्जाको निर्यातमा विविधिकरण, दिगो पर्यटन, व्यापार सहजीकरण र दिगो लगानीमा जोड दिनुपर्ने उल्लेख गरे। उनले विपद् व्यवस्थापनका लागि मातहतका निकायहरूलाई उचित मार्ग निर्देशनका गर्नु पर्ने कुरामा जोड दिए।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल विपद्को सम्बन्धमा जोखिमयुक्त मुलुक रहेकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संवेदनशील रहेको जानकारी दिए। विपद्लाई सम्रग रूपमा बुझी सोहीअनुरुप व्यवस्थापन गर्न सोहि अनुरुप  प्रधिकरणलाई निर्देशन दिइसकेको उनको भनाइ थियो।

संयुक्त राष्ट्रसंघजस्तो बहुपक्षीय संगठनको सकारात्मक सहयोगबाट मात्र शान्ति, सुरक्षा, दिगो विकास र समन्यायिक सामाजिक रुपान्तरण हासिल गर्न सकिने श्रेष्ठले बताए।

उनीहरुबीच आपसी सम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष सदैव छलफल र थप सहकार्यको लागि कटिबद्ध रहने प्रतिबद्धता समेत जाहेर भएको थियो।

प्रकाशित: ४ वैशाख २०८० १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App