राजनीति

बालकोट बैठकमा संवैधानिक परिषद बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति

प्रमुख दलका शीर्ष नेताहरुबीच संक्रमणकालिन न्यायको विषयमा सहमति गर्ने र संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ।

सोमबार बिहान बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच यस्तो सहमती भएको हो।

बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको बताए।  उनले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको बताए।  

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया शुरु गर्ने कुरामा सहमति जनाएको बताए।  

उनले भने, ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहक हुनुहुन्छ। लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको छ। कम्फर्म प्रधानन्यायाधीश बनाउनुपर्छ भन्नेकुरा उठिरहेको छ। प्रधानमन्त्रीजीले यसमा पहल गर्नुपर्छ भन्नेकुरामा छलफल भयो। प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई स्थायी नियुक्तिको प्रक्रिया संवैधानिक परिषद्बाट गर्नेकुरा जुन छ, त्यसमा पहल गर्नुभयो। प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीजीले त्यसमा सहमति गर्नुभएको छ। चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर टुंग्याउने सहमति भएको छ।’

संसदको समितिहरु सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउने कुरामा छलफल भएको बताए।  

प्रकाशित: ४ वैशाख २०८० ०६:४५ सोमबार

पुष्पकमल दाहाल केपी शर्मा ओली शेरबहादुर देउवा