राजनीति

प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेता बिच भेटवार्ता

संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरू बिच भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिच भेट भएको हो।

भेट अध्यक्ष ओलीको बालकोटस्थित निवासमा भएको हो। उनी केही दिन यता घरमै स्वास्थ्यलाभ गरिरहेकाले उनको निवासमा भेट भएको हो।

उनीहरू बिच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन सम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: ४ वैशाख २०८० ०५:३४ सोमबार

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल सत्य निरुपण तथा मेलमिलाप आयोग