राजनीति

केही दिनभित्रै माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाबीच मोर्चा बन्छ: चौधरी

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिन भित्रमा नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका बीचमा मोर्चा बन्ने बताएका हुन्। उनले मोर्चाले सकारात्मक रुप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको बताए। उनले आफूहरु पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उनले उल्लेख गरे।

उनले भने, ‘अब हामी १०/१५ दिन भित्रै नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जसपाको बिचमा मोर्चा बनाउँदै छौँ। सकारात्मक रुप लियो भने यो एकतासम्म जानसक्ने सम्भावना छ। त्यो ठाउँमा हामी पुगेका छौँ। अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौँ। अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौँ।’

प्रकाशित: ३ वैशाख २०८० ११:३९ आइतबार

मेटमणि चौधरी