राजनीति

संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैनःओली

दमक-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन्। झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा मंगलबार  शिलान्यास गर्दै उहाँले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए।

“मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लाग्ने छ” उनले भने । पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो निर्वाचनमा मुलुकलाई लैजान आवश्यक रहेकामा जोड दिए।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेलले संविधान कार्यान्वयन गर्नु मुलुकको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि निर्वाचन अपरिहार्य  रहेकाे बताए। करिब रु आठ करोडको लागतमा बन्ने एघार किमीे लामो कालोपत्रे सडक ३० महिनाभित्र पूरा हुने बताइएको छ । रासस

प्रकाशित: २६ पुस २०७३ ०७:१५ मंगलबार

संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैनःओली