राजनीति

राजनीतिक अस्थिरता हटाउन बलियो दल आवश्यक: एमाले नेता पोखरेल

फाइल तस्बिर।

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन्।

ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उनले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गरे।

उनले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताए। महासचिव पोखरेलले एमालेलाई संविधान मान्दैन भनेर व्याख्या गर्ने कोसिस भइरहेको भनाइ राखे। 

'एमाले संविधान मानेन भनेर व्याख्या गरिरहेका छन्। यो भन्दा मजाकको कुरा के हुनसक्छ', उनले भने, 'संविधान बदल्न नमिल्ने चिज पनि होइन।'

उनले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको धारणा राखे। “साना राजनीतिक दल अस्तित्वमा रहँदा जनमत विभाजन हुने र मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुनेगर्दछ”, उनले भने।

प्रकाशित: २९ चैत्र २०७९ १०:०५ बुधबार

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल