राजनीति

स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन बुझायो

आयोगको प्रतिवदेन बुझाउँदै अध्यक्ष पौडेल। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- स्थानीय तह पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ। आयोगले शुक्रबार संघीय मामिला तथा स्थानीय विकासमन्त्री मार्फत प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको  हो।

आयोगले स्थानीय तह ७१९ रहने गरी प्रतिवेदन पेश गरेको छ।  आयोगले पेश गरेको प्रतिवेदन अनुसार महानगरपालिका ४, उपमहानगरपालिका १२, नगरपालिका २ सय ४१ र गाउँपालिका ४ सय ६२ वटा प्रस्ताव गरिएको छ।

आयोगका अध्यक्ष बालनन्द पौडेलले स्थानीय विकासमन्त्री हितराज पाण्डे मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएका हुन्।

 

प्रकाशित: २२ पुस २०७३ १२:१८ शुक्रबार

स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन बुझायो