राजनीति

संसद खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडाैं– संविधान संसोधनको  बिषयलाई लिएर अबरुद्ध हुदैँ आएको ब्यवस्थापिका संसद खुलाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीमगरबिच बुधवारै बिहानै भेटवार्ता भएको छ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको द्धिपक्षिय भेटघाटमा सभामुख घर्तीमगरले संसद सुचारु गर्नका लागि वातावरण बनाई दिन आग्रह गरेकी छिन । संसोधन प्रस्ताव फिर्ता लिनु पर्ने माग गर्दै मंशिर १४ गते देखी निरन्तर रुपमा प्रतिपक्ष एमालेले संसद अबरुद्ध गर्दै आएको छ ।

उक्त बिषयमा राजनीतिक सहमति हुन नसके आफु संसदीय प्रक्रियावाट भए पनि संसद चलाउनका लागि तयारी अवस्थामा रहेको उक्त भेटघाटमा सभामुख घर्तीमगरले जानकारी दिएको प्रेस सल्लाहकार बबिन शर्माले बताए ।

‘प्रधानमन्त्रीले राजनीतिक सहमति जुटाउनका लागि मैले पहलकदमी गरिरहेको छु, २४ गते भित्रमा सहमति भइसक्ने विश्वास पनि लिएको छ,’ प्रधानमन्त्री दाहाललाई उद्यृत गर्दै शर्माले नागरिकन्युजसँग भने, ‘त्यसका लागि आजैवाट पुनः पहलकदमी थाल्नेछु ।’ उनका अनुसार २४ गते भित्र राजनीतिक सहमति जुटने विश्वास प्रधानमन्त्री दाहालले सभामुख घर्तीमगरलाई दिलाएका छन् ।

 

प्रकाशित: २० पुस २०७३ ०४:२७ बुधबार

संसद खुलाउने विषयमा प्रधानमन्त्री सभामुखबीच भेटवार्ता