राजनीति

सिभिल हस्पिटलको निर्देशकमा डा. दीर्घराज आरसी

सिभिल हस्पिटलका नवनियुक्त निर्देशक डा. दीर्घराज अारसी

काठमाडौं– सामान्य प्रशासन मन्त्रालयले निजामति अस्पताल (सिभिल हस्पिटल)को निर्देशक पदमा डा. दीर्घराज आरसीलाई नियुक्त गरेको छ। मन्त्रालयले ४ वर्षे कार्यकालका लागि डा. आरसीलाई उक्त पदमा नियुक्त गरेको हो।  

यसअघिका निर्देशक डा. विमल थापाको ४ वर्षे पदावधी सकिएपछि मन्त्रालयले प्रतिस्पर्धाका आधारमा आरसीलाई नियुक्त गरेको हो। निर्देशक नियुक्तिका लागि मन्त्रकालयले मंसिर १६ गते प्रस्ताव माग गरेको थियो।

उक्त पदका लागि छनोटमा परेका हरुको पुस १५ गते अन्तरवार्ता भएको थियो।

मुख्य सचिवको अध्यक्षतामा रहेको अस्पताल व्यवस्थापन बोर्डले छनोटमा परेका मध्ये डा. आरसीलाई नियुक्त गर्न अन्तरवार्तापछि मन्त्रालयलाई सिफारिस गरेको थियो।

वीर अस्पतालको निर्देशक समेत रहेर काम गरिसकेका डा. आरसी हाडजोर्नी रोग विशेषज्ञ हुन्।

प्रकाशित: १९ पुस २०७३ ०६:१० मंगलबार

सिभिल हस्पिटलको निर्देशकमा डा. दीर्घराज आरसी