राजनीति

कांग्रेसको संगठन सुदृढीकरण योजना

काठमाडौं- नेपाली कांग्रेस काठमाडौंले साताव्यापी संगठन सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय प्रतिनिधि पूर्णबहादुर खड्काको उपस्थितिमा सोमबार बसेको काठमाडौं जिल्ला समितिको बैठकले पुस २१ देखि २६ सम्म दसै निर्वाचन क्षेत्रमा संगठन विस्तार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

'गाउँसम्म संगठन विस्तार गर्नेगरी कार्यक्रम तय गरेका छौं,' जिल्ला सभापति सबुझ बानियाँले भने, '२१ देखि २६ गतेसम्म १० वटै निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नेछौं।'

केन्द्रीय समितिको निर्णयअनुसार सबै जिल्लामा प्रतिनिधि पठाएर संगठन सुधार अभियान थालेको कांग्रेसले तल्लो तहसम्मको निकायलाई चलायमान बनाउने निर्देशन दिएको छ। पार्टी संगठनमा देखिएका समस्यालाई समाधान गर्नुका साथै विकास निर्माणको अवस्थासमेत बुझेर केन्द्रीय समितिलाई प्रतिवेदन दिन प्रतिनिधिलाई निर्देशन दिइएको छ।

प्रकाशित: १९ पुस २०७३ ०३:०८ मंगलबार

कांग्रेसको संगठन सुदृढीकरण योजना