काठमाडौं— उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उच्च मनोबलका साथ निर्भिक भई सीमा सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन्।
मन्त्री निधिले कार्यालय प्रमुखहरुसँगको भेटमा स्थानीय निकायको निर्वाचनको घोषणा जुनसुकै बेला हुन सक्ने भन्दै त्यसका लागि तयार रहन निर्देशन दिए।
शस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै गृहमन्त्री निधिले उच्च मनोबलका साथ निर्भिक भएर सीमा सुरक्षा लगायत अपराध नियन्त्रणमा काम गर्न निर्देशन दिएका हुन्।
तीनवटै सुरक्षा निकायका प्रमुखका साथ रसुवा सदरमुकाम धुन्चे पुगेका उनलेसीमा सुरक्षा राष्ट्रभक्ति र देशभक्तको प्रतीक भएको उल्लेख गरे।
त्यसक्रममा मन्त्री निधिले सरकारले संसदमा दर्ता गराएको संबिधान संशोधन बिधेयक टेबुल गर्न नदिएर मुख्य बिपक्षी दल एमालेले संसदीय प्रक्रिया खिलापमा काम गरेको बताए। उनले एमाले नेताहरुसँग वार्ता भइरहेको बताउँदै कुनै निकास निस्कनेमा आफू आशाबादी भएको उल्लेख गरे।
आजै मन्त्री निधिले कार्यालय प्रमुखहरुसँगको भेटमा स्थानीय निकायको निर्वाचनको घोषणा जुनसुकै बेला हुन सक्ने भन्दै त्यसका लागि तयार रहन निर्देशन दिए।
प्रकाशित: १८ पुस २०७३ १३:४७ सोमबार