काठमाडौँ- न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ।
बैठकले पोखरा उच्च अदालतका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी र वीरगन्ज उच्च अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिए। रासस
प्रकाशित: १८ पुस २०७३ १३:२० सोमबार