राजनीति

प्रधानमन्त्री एमालेलाई चिढ्याउने पक्षमा हुनुहुन्न : भुसाल

काठमाडौं- माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एमाले बिना संविधान संशोधन प्रक्रिया अगाडि नबढ्ने बताएकी छन्। आइतबार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले बिना सहमति संशोधन प्रक्रिया अगाडि बढाउने बताइन्।

एमालेलाई साइड लगाइए संविधान कार्यन्वयन झनै जटिल हुने भन्दै सहमतिको प्रयास जारी रहेको उनले बताइन्। 'प्रतिपक्षलाई चिढ्याएर संशोधन प्रक्रिया अगाडि बढाउने पक्षमा प्रधानमन्त्रीज्यु हुनुहुन्न,' भुषालले भनिन्, 'यस्तो भयो भने संविधान कार्यन्वयनमा झनै समस्या आउँछ।' भुसालका अनुसार सहमति खोज्न प्रधानमन्त्री दाहालले अझै पनि एमालेसँग गहन छलफल गरिरहेका छन्।

बुधबार संशोधन प्रक्रिया टेबल गरिए प्रमुख प्रतिपक्षी दल नेकपा एमालले आक्रामक रुपमा प्रस्तुत हुने बताइसकेको छ। त्यही भएर पनि प्रधानमन्त्रीले बिना सहमति संशोधन प्रक्रिया अगाडि नबढाउने पक्षमा रहेको बुझिएको छ।

 

प्रकाशित: १७ पुस २०७३ ०७:०२ आइतबार

प्रधानमन्त्री एमालेलाई चिढ्याउने पक्षमा हुनुहुन्न भुसाल