राजनीति

युवा सङ्घका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार

कोहलपुर (बाँके)-युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बिहीबार राति खुकुरी प्रहार भएको छ । 

बाँकेको कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ । 

घाइते युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लखनउ लगिएकोे छ । 

खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: १५ पुस २०७३ ०६:०३ शुक्रबार

युवा सङ्घका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार