राजनीति

बञ्चरे डाँडामा अव्यवस्थित रुपमा फोहोर फालियो, संसदीय समिति पठाउँः सांसद पाण्डे

फाइल तस्बिर।

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरे डाँडामा फालिएको फोहोर अवलोकनका लागि संसदीय टोली पठाउन माग गरेका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बञ्चरे डाँडामा व्यवस्थित रुपमा फोहोर फाल्ने भनिएपनि अव्यवस्थित रुपमा फोहोर फालिँदा झनै किचलो बन्दै गएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले त्यहाँका समस्या समाधानका लागि संसदीय समिति बनाइ एक टोली त्यहाँको निरीक्षण र अवलोकनका लागि जानुपर्ने उल्लेख गरे। उनले वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहोरको डंगुर भरिएकोप्रति आपत्ति जनाए।

स्थानीयहरु घरमा बस्नै नसक्ने अवस्था रहेको र स्थानीहरुले समस्या समाधानको माग गर्दा सरकारले प्रहरी प्रशासन लगाएर स्थानीयमाथि ज्यादती गरेको उनको दाबी थियो। उनले उक्त क्षेत्र हवाइ रुट भएकाले पनि दुर्घटना निम्तिनसक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे।

सांसद पाण्डेले कोल्पो खोलामा फोहोर बगाउन बन्द गर्न आग्रह गरेका छन्।

प्रकाशित: २३ चैत्र २०७९ ०९:४५ बिहीबार

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे