राजनीति

भारत मातहत शान्ति मिशनमा जाने हल्ला निराधारः परराष्ट्रमन्त्री

काठमाण्डाैं-परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाली सेना भारतीय सेना अन्तर्गत संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा पठाउनेबारे कुनै योजना नरहेको बताएका छन्।

‘नेपाली शान्ति सेना स्वयममा कुशल र सफल उदाहरण हो र संयुक्त राष्ट्रसंघको आव्हानमा विश्व शान्तिकार्यमा सरिक हुँदा अन्य देश अन्तर्गत रही कार्य गर्ने वा गर्नुपर्ने अवस्थामा नरहेको र नरहने व्यहोरा दोहोर्याउन चाहन्छु।’ बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री महतले स्पष्ट पारेका छन्।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेना आफू मातहत परिचालन गर्न भारतले दवाव दिएको भन्ने हल्ला निराधार रहेको मन्त्री महतले दावी गरे।

‘नेपाली सेनाको तर्फबाट पनि यो हल्ला निराधार भएको भनेर खण्डन आइसकेको छ,’ महतको भनाइ छ ‘सन् १९५८ देखि शान्ति मिशनमा कुशलता र प्रतिबद्धतासहित नेपाली सेनाले काम गर्दै आएको छ, यो निरन्तर रहन्छ।’

प्रकाशित: १३ पुस २०७३ ११:४३ बुधबार

भारत मातहत शान्ति मिशनमा जाने हल्ला निराधारः परराष्ट्रमन्त्री