राजनीति

निर्वाचन गर्ने कुरा नाटकमात्रैः ठाकुर

काठमाडौं–तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ९० प्रतिशतले बनाएको संविधान कार्यान्वयन हुन नसकेपछि प्रमुख दलहरु दश प्रतिशतको सहयोग माग्न आफूहरुलाई फकाउन थालेको आरोप लगाएका छन्। उनले  संविधान कार्यान्वयन नभइ कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनको तयारीलाई नाटकको संज्ञा दिए।

‘अहिले कै अवस्था निर्वाचन हुने संभावना छैन,’ पार्टी स्थापनाको नवौं वर्षको उपलक्ष्यमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने,‘निर्वाचन गर्ने विषयमा प्रमुख तीन दलले सहमति गरिरकेका छन्। त्यसमा हामीलाई फकाउन खोजिएको छ। सो विषयमा मधेसी दल सचेत हुनुपर्छ।’ उनले प्रमुख दलहरु एक हातमा बन्दुक र अर्को हातमा संविधान बोकेर मधेस झर्न लागेको भन्दै  आपत्ति जनाए।

ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहालले कहिले मधेससँग लभ परेको त कहिले माइत आएको भन्ने गरेको उल्लेख गर्दै भने, ‘उहाँ कहिले लभ पर्यो र त कहिले माइत आएको भन्नुहुन्छ, मधेस आएका मानिसले केही दिँदैन। माइतबाट सधैं लैजान्छ मात्रै।’
 

प्रकाशित: १३ पुस २०७३ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App