राजनीति

सर्वोच्चले माग्यो रविको राहदानी विवादमा मुद्दा नचलाउन पर्नुको कारण

सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध मुद्दा नचलाउन पर्नुको कारण कारण माग गरेका छ।

बुधबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको सर्वोच्च अदालतले जानकारी दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहादानी सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध सोमबार युवराज पौडेल सफल सर्वोच्च पुगेका थिए।

मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भएपनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि आज बुधवार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हाे। 

प्रकाशित: २२ चैत्र २०७९ ११:२१ बुधबार

रवि लामिछाने