राजनीति

संविधान संशेधन प्रस्ताव अघि बढ्छ: पौडेल

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधान संशेधन प्रस्ताव स्थगन वा र्फिता नहुने दाबी गरेका छन्। वीपी स्मृती भवन धादिङको सोमबार सिलन्यास गर्दै नेता पौडेलले संविधान संशेधन प्रक्रिया अघि बढ्ने दाबी गरे। मुलुकलाई निकास दिन र सबै पक्षलाई समेट्न संविधान संशोधन जरुरी  रहेको जनाउँदै पौडेलले संशोधन प्रक्रिया र स्थानीय निकाय निर्वाचनसँगै अघि बढाउनु पर्ने तर्क गरे।

संबैधानीक व्यवस्था अनुसार २०७४ माघ ७भित्र तीनै तहको निर्वाचन गर्नु पर्ने बाधयता रहेको जनाउँदै पौडेलले भने, ‘स्थानीयसहित तीनै तहको निर्वाचन सरकारले अघि बढाउनु पर्छ। त्यसमा दलहरुले सहयोग गर्नुपर्छ।

अन्य पार्टीका शीर्ष नेताहरु निर्वाचनका लागि सकारात्मक रहेको दाबी गर्दै पौडेलले भने, ‘मेरो अन्य दलका नेताहरुसँग कुरा भएको छ उहाँहरु निर्वाचनका लागि सकारात्मक हुनुहुन्छ। समस्या समधान गर्नुपर्छ भन्नेमै देखिनु भएको छ।’

पौडेलले आइतबार र सोमबार बिहान गरी एमाले अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका हुन।

ठाकुरभन्दा बाहेक सबै नेता निर्वाचनका लागि तयार रहेको जानकारी पौडेलले बैठकलाई गराएका छन्। तर, ठाकुरले भने संविधान कार्यान्वयनका लागि निर्वाचनले मात्र नहुने अडान दोहोर्‍याएका थिए।

प्रकाशित: ११ पुस २०७३ १२:३५ सोमबार

संविधान संशेधन प्रस्ताव अघि बढ्छ पौडेल