राजनीति

उपनिर्वाचनमा विभाजित भए सत्ता गठबन्धन दलहरू

फाइल तस्बिर

सत्ता गठबन्धनमा रहेका १० दलहरूमध्ये ५ दलले मात्र मङ्गलवार संयुक्त विज्ञप्ति जारी गरेर उपनिर्वाचनमा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरे। 

अपिल गर्ने दलहरूमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी छन्। उनीहरुले आफ्ना उम्मेदरहरुको नाम उल्लेख गरेर भोट दिन अपिल गरेका छन्।

यसबाहेक जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीले भने संयुक्त अपिलमा हस्ताक्षर गरेका छैनन्। 

माथि उल्लेखित ५ दलले भने संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० गतेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरे। उनीहरूले गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पङ्क्ति एकीकृत रूपमा परिचालित हुन आग्रह गरेका हुन।    

प्रकाशित: २१ चैत्र २०७९ १२:१४ मंगलबार

उपनिर्वाचनमा विभाजित भए सत्ता गठबन्धन दलहरू संयुक्त विज्ञप्ति नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी