राजनीति

मञ्च भत्किँदा एक घाइते, पौडेल सहितका नेता सकुशल

काठमाडौं—नेपाली कांग्रेस जिल्ला कार्यालय धादिङको शिलान्यास गर्न धादिङबेँसी पुगेका कांग्रेस नेताहरु बसेको मञ्च भत्किँदा एक जना घाइते भएका छन्।

पार्टी नेता रामचन्द्र पौडेल, मृनेन्द्र रिजाल, सरिता प्रसाईं सहितका नेता सकुसल छन्।

कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चन चन्द्रवादे पनि उपस्थित थिए। मञ्च भत्किएर केही बेर कार्यक्रम बिथोलिएपछि अहिले पुनः कार्यक्रम सुचारु भएको छ।

प्रकाशित: ११ पुस २०७३ १०:४२ सोमबार

मञ्च भत्किँदा घाइते पौडेल सहितका नेता सकुशल