राजनीति

सर्लाहीबाट बंशजको अधारमा नागरिकता लिने बंगलादेशी पक्राउ

सर्लाही–जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट किर्ते गरी बंशज नागरिकता बनाएका बंगलादेशी नागरिक पक्राउ परेका छन्। सर्लाही, मधुवनगोठ–८का मो.रकुटुव हुसेनलाई बुवा बनाएर किर्ते गरी बंशजको अधारमा नागरिकता लिने बंगलादेशी नागरिक मो.बेलाल हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला अदालतबाट म्याद थप गराएर प्रहरीले नागरिकता किर्ते मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ। बंगलादेशी नागरिक बेलाल ०६० बैशाख ६ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएका थिए । सर्लाहीबाटै पासपोर्ट समेत बनाएर अरब गएका बेलाल गत असोज ३० गते अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभागबाट पक्राउ परेका थिए । अरबबाट फर्किने क्रममा बिभागले उनलाई पक्राउ गरेको हो ।  

बिभागबाट जाली राहदानीमा  पक्राउ परेर काठमाडौ जिल्ला अदालतबाट २ महिनाको कैद सजाय काटी नक्कली नेपाली नागरिकता बनाएको आरोपमा आवश्यक कारवाहीकालागि सर्लाही ल्याइएको प्रहरीले जनाएको छ । बंगलादेशी नागरिकलाई किर्ते गरी नागरिकता बनाउन सहयोग गर्नेहरुको खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट बंगलादेशी नागरिकले यहाँका कर्मचारीलाई लाखौं रुपैयाँ दिएर समूहमै जन्मको अधारमा बंशज नागरिकता बनाएका थिए। यस अघि पनि सर्लाहीबाट किर्ते नागरिकता बनाउने बंगलादेशी नागरिक र बिचौलिया पटक पटक पक्राउ परेका थिए ।

प्रकाशित: १० पुस २०७३ ०६:२० आइतबार

सर्लाहीबाट बंशजको अधारमा नागरिकता लिने बंगलादेशी पक्राउ