राजनीति

बजेटमा जसको शक्ति उसकै भक्तिः राष्ट्रिपति

विराटनगर– राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट विनियोजन गर्दा पहु“चवालाहरूकै हालीमुहाली हुने गरेको बताएकी छन्। शनिबार मोरङको इटहरामा मदनग्राम प्रबद्र्धन कार्यक्रममा भण्डारीले बजेट विनियोजनामा पहु“चवालाको हालीमुहाली हुनेगरेको बताएकी हुन्।

उनले भनिन्, ‘बजेट निर्माणमा जसको शक्ति उसकै भक्ति हुने प्रवृत्तिले अति आवश्यकीय स्थानमा बजेट नहुने र कम आवश्यक ठाउ“मा अत्याधिक बजेट विनियोजन हुने गरेको छ।’

विकासका लागि स्थानीय जनताले नै बारम्बार दबाब दिइरहन उनले आग्रह गरेकी छन्। तर, विराटनगरका नेताहरूले भने विराटनगरको विकासका लागि खासै प्रयास नगरेको उनको भनाइ छ। भण्डारीले भनिन् ‘विराटनगर सरकार र राजनीतिक नेतृत्वको थलो भएर पनि वत्तीमुनिको अ“ध्यारो हुन पुगेको छ।’

दलीय दृष्टिकोणबाट माथि उठेर जिल्लाको विकासका लागि सामूहिक प्रयास गर्न पनि उनले दलका नेताहरूलाई आग्रह गरेकी छन्। उनले भनिन्, ‘सरकारको ध्यान यहा“को विकासमा नभएकाले सबैको सामूहिक प्रयासबाट मात्रै विकास सम्भव हुन्छ।’

गाउँका नेताले दिनमा २—४ घण्टा स्थानीय विकासको लागि चिन्ता गरे गाउ“सम्म विकास आइपुग्ने बताइन्। देशको शान्ति, स्थायित्व र जनताको समृद्धिका लागि स“धै प्रयासरत रहने पनि भण्डारीले स्पष्ट पारिन्। उनले प्रस्तावित मदनग्रामका लागि आफूले सक्दो पहल गर्ने आश्वासन पनि दिइन्।

प्रकाशित: ९ पुस २०७३ १२:४९ शनिबार

बजेटमा जसको शक्ति उसकै भक्तिः राष्ट्रिपति