राजनीति

‘पार्टी मास्ने प्रचण्ड,बाबुरामसँग बोलचाल छैन,विप्लवसँग सहकार्य छ’

काठमाडाैं-नेकपा माअोवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले एक ढिक्का रहेको तात्कालिन नेकपा माअोवादी पार्टी फुटाउने मुख्य जिम्मेवार अध्यक्ष पुष्पकमल दाहाल रहेको बताएका छन्। दाहालले जानाजान पार्टी ध्वस्त पारेको उनको आरोप छ।

माअोवादी फुटेर बनेका नयाँ पार्टीहरूबीच तत्काल एकताको संभावना नरहेको उनले बताए।

नागरिक शोका लागि गरिएको संवादमा बैद्यले भनेका छन्ः 
–पार्टी विभाजको दोष प्रचण्डजीले लिनु पर्छ, हाम्रो सोझोपनले पनि पार्टी विभाजनमा केही काम गर्यो, बेलैमा प्रचण्ड, बाबुरामजीको चालबाजी बुझ्न सकिएन।
–प्रचण्ड र बाबुरामसँग ‘तात्कालिन माअोवादीको लेगेसी’ अब बचेको छैन।
–बाबुरामजी हामीबाट निकै टाढा पुग्नु भो, वहासँग त बोलचाल पनि हरायो।
–प्रचण्डजीको सम्पत्तीबारे मुख खोल्न नलगाउनुस्।
–केपी अोलीले चीनसँग पारवाहन सम्झाैता गरेकोमा म वहाँको प्रशंसक हुँ। 
–अोलीजीको राष्ट्रवाद कति टिक्छ हेर्न बाँकी छ।
–चुनावमा सहभागी हुने नहुने हाम्रो निर्णय चुनाव घोषणा भएपछि नै सुनाउँछाैं।
–संघीयता गुम्न दिँदैनाैं। संघीयता चाहिन्छ।
–म अझै १२ बर्ष रजनीतिमा सक्रिय रहन्छु।
प्रस्तुत छ बैद्यसँगको संवादः

प्रकाशित: १७ पुस २०७५ ०४:४० मंगलबार

पार्टी मास्ने प्रचण्डबाबुरामसँग बोलचाल छैनविप्लवसँग सहकार्य