राजनीति

हत्यारालाई पक्राउ गर्न माग गर्दै युवा संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अर्घाखाँची–युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै युवा संघ अर्घाखाँचीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ। युवा संघका अध्यक्ष गोविन्दप्रसाद आचार्यले  प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाललाई ज्ञापन पत्र बुझाए।

मंगरबार अपरान्ह साढे तीन बजे रुपन्देहीको देबहद नगरपालिका–८ मा अज्ञात समूहले तिवारीको हत्या गरेको थियो। हत्या भएको समय लम्बिदै जाँदापनि प्रहरीले अपराधी पक्राउ गर्न नसकेको भन्दै छिटो पक्राउ गरी कारवाही गर्न युवा संघले माग गरेको छ। ‘पाँच नम्बर प्रदेश विखण्डन बिरुद्धको आन्दोलनमा अग्रणि भूमिकामा रहेका तिवारीको हत्याले युवा संघमा ठूलो क्षति पुगेको छ’, विज्ञप्तिमा भनिएको छ।
 हत्याको बिरोधमा लुम्बिनी बन्द  
तिवारी हत्याको बिरोधमा युवा संघको आयोजनामा  मंलबार लुम्बिनी अञ्चलका जिल्ला बन्द भएका छन्। बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ । यातयात उद्योगधन्दा, पसल, शिक्षण संस्था ठप्प छन्।  
 

प्रकाशित: ५ पुस २०७३ १०:३२ मंगलबार

हत्यारालाई पक्राउ गर्न माग गर्दै युवा संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र