राजनीति

सिके राउत मधेसका हुटिट्याउँ हुन्: पूर्ण बस्नेत

जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई हुटिट्याउँको संज्ञा दिएका छन्।सामाजिक सञ्जालमार्फत उनले उक्त टिप्पणी गरेका हुन्।  

‘चन्द्रकान्त राउतले २०७९ को आम निर्वाचनमा सप्तरी २ बाट उपेन्द्र यादवलाई हराए।नेपालको राजनीतिमा राउतको योगदान र बलिदानी त्यत्ति हो’ बस्नेतले लेखेका छन्।  

राउतले उपेन्द्र यादवको बिरोधका लागि बिरोध गर्छन्। राउतको राजनीतिक विचार, सिद्दान्त, दर्शन, लक्ष्य, नीति र कार्यक्रम यत्ति भएको समेत बस्नेतले बताएका छन्।  

उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमा खटाइएका एकाध अबुझहरुलाई उनले सिके राउतको तथाकथित वैज्ञानिक प्रयोग, परीक्षण, आविष्कार र खोज भनेका छन्।  

प्रकाशित: १६ चैत्र २०७९ ०५:३१ बिहीबार