राजनीति

संविधान जोगाउन कांग्रेस जस्तो सुकै निर्णय गर्न तयारः सिंह

काठमाडौं– कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान संविधान र व्यवस्था जोगाउन कांग्रेसले जस्तोसुकै अप्रिय लिन पनि तयार हुनुपर्ने बताउका छन्। शनिबार गणेशमान सिंह केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सबैलाई मिलाएर अगाडि बढ्न अहिलेको आवस्यता रहेको भन्दै असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेको उनको भनाइ थियो।

‘वर्तमान संविधान र व्यवस्था जोगाउन कांग्रेस जस्तो सुकै अप्रिय लिन तयार हुनुपर्छ,’ उनले भने,‘कांग्रेसको नेतृत्वको संविधान जारी भएको हो अब कांग्रेसकै अगुवाईमा कार्यान्वयन हुनुपर्छ।’ संविधान जोगाउन कांग्रेसले कसैसँग सम्झौता भने नगर्ने उनको भनाइ थियो।

उनले पार्टी भित्रका जिम्मेवार नेताले गैरजिम्मेवा अभिव्यक्ति दिएको भन्दै पार्टी सभापतिलाई सो विषयमा गम्भीर हुन आग्रह गरे। कार्यक्रममा कांग्रेसका पुरना नेता मार्शलजुलुम शाक्य, ओमकार श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो। यसैबीच आइतार विहान गणेशमान सिंहको पूर्णकदको शालिक अनावरण गरिने भएको छ।
 

प्रकाशित: २ पुस २०७३ ०६:५० शनिबार

संविधान जोगाउन कांग्रेस जस्तो सुकै निर्णय गर्न तयारः सिंह