राजनीति

सांसद अमरेशकुमार सिंह भन्छन्, ‘देशमा मिटर, सेन्टिमिटर, मिलिमिटर ब्याज छ’

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले ‘सरकार’नै मिटरब्याजको जड भएको बताएका छन्।

बुधवारको प्रतिनिधि सभा बैठककाे शुन्य समयमा बोल्दै सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भएको बताएका हुन। सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको उनले बताए।

सांसद सिंहले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको बताएका हुन। उनले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे।

उनले भने ‘मिटरव्याजी पीडितहरु हाम्रो राज्य सञ्चालनको ऐना हो। राज्यले नै ३ थरिको ब्याज तय गरेको छ। मिटरब्याज, माइक्रोफाइनान्सबाट सेन्टिमिटर ब्याज र बैंकबाट मिलिमिटर ब्याज। मिलिमिटर व्याज उद्योगपतिहरुलाई दिइन्छ। मिटरब्याजको जड साहु होइन सरकार हो। सरकार यो देशलाई अस्तव्यस्त बनाएर, गरिवलाई झन गरिव बनाएर शासन गर्न खोजेको हो। गरिवी र अशिक्षामाथि सरकारले सरकार सञ्चालन गर्न खोजेको हो। कहिले पनि शिक्षाको विकास गर्दैन। गरिवको चिन्ता गर्दैन।’

प्रकाशित: १५ चैत्र २०७९ १०:५९ बुधबार

सांसद अमरेशकुमार सिंह ब्याज