राजनीति

पुरानै संरचनामा निर्वाचन गर्नु संघीयता तुहाउने खेलः भट्टराई

सिन्धुली–नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले हालको राष्ट्रिय राजनीतिको मुख्य कार्यभारनै संविधान संसोधन रहेको बताएका छन्। महोत्तरीको बर्दिबासमा कार्यक्रम गरि सिन्धुलीहुदै काठमाण्डौ जाने क्रममा नयाँ शक्ति नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले असन्तुष्टिलाई संसोधन गरेर राजनीतिक गतिरोधलाई अन्त्य गर्नुपर्ने बताए।

सत्तामा रहेका पार्टीहरु पुरानै ठाउँमा फर्केको भन्दै संयोजक भट्टराईले सत्तामा रहेका पार्टीले परिवर्तनका एजेन्डा, गणतन्त्रको मर्म, संघीयताको मर्म बिर्सदै गएकाले संविधान संसोधनको साटो उल्टै खतरनाक राष्ट्रिय धुर्बीकरण बढ्न सक्ने बताए।

आफूहरुको अग्रगामी एजेन्डा बिदेशीले ल्याइदिएको र प्रतिगामी एजेन्डा स्वदेशकै चाहाना भन्दै एमालेले दक्षिणपन्थी एजेन्डा अगाडि सारेको भट्टराईको आरोप छ। आफुहरु संविधान संसोधन गरेर सबैको भावना समेट्ने पक्षमा सहजीकरण गरेको भन्दै हाल सरकारले ल्याएको संसोधन प्रस्तावले पनि सबैको भावना नसमेट्ने भट्टराईको जिकिरी थियो।

सरकारले संघीयतालाई कार्यन्वयन नगर्ने र पुरानै संरचनामा निर्वाचन गर्ने कुराले संविधानलाई कार्यन्वयन नगर्ने र संघीयताको मुद्धालाई तुहाउने दिशातिर गएको उनले बताए।

प्रकाशित: ३० मंसिर २०७३ ०९:३९ बिहीबार

पुरानै संरचनामा निर्वाचन गर्नु संघीयता तुहाउने खेलः भट्टराई