राजनीति

विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप, दर्जनौं अश्रृग्यास प्रहार

कोशी प्रदेश नामाकरण गरिएको विरुद्घमा प्रदर्शन गरिरहेका आन्दोलनकारी र प्रहरीबीच विराटनगरको रोटे चोकमा झड्प भइरहेको छ।  

प्रहरीले दर्जनौं अश्रृग्याँस प्रहार गरिसकेको हाम्रा विराटनगरस्थित संवाददाता चुमन बस्नेतले जानकारी दिएका छन्।  

कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आज प्रदेश क्षेत्रमा विरोध तथा आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ। 

गत चैत ५ गते भएको आन्दोलन तथा विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० गते मृत्यु भएपछि कोशी प्रदेश पुनः नामाकरण आन्दोलन झनै चर्किएको हो।

प्रकाशित: १४ चैत्र २०७९ ०८:०३ मंगलबार

विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच