राजनीति

प्रधानमन्त्री दाहाल मातृका यादबका छोराको विवाहमा सहभागी हुन सिराहामा

बर्दिवास—प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्तरी जिल्लाको सुरक्षा, विकास पूर्वाधार र अहिलेको जनचासोबारे जानकारी लिएका छन्।

बाक्लो हुस्सुले विमान सञ्चालन निश्चित हुन नसकेपछि उनी सडक मार्गबाट आउनु परेको सुरक्षा अधिकारीले बताएका छन्।

मङ्गलबार साँझ महोत्तरीको बर्दिवास आइपुग्नुभएका प्रधानमन्त्री दाहालले जिल्लाका सुरक्षा अधिकारी र नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता कार्यकर्तासँगको कुराकानीमा जिल्लाका समस्या र अवस्थाबारे जानकारी लिएका हुन्। 
 
बर्दिबासमा बास बसेका प्रधानमन्त्री दाहालले मङ्गलबार साँझ जिल्लाका प्रजिअ, अन्य सुरक्षा अधिकारी र नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता कार्यकर्तासँग छुट्टाछुट्टै सङ्क्षिप्त कुराकानी गरेका थिए। प्रधानमन्त्रीले जिल्लाको राजनीतिक र विकास अवस्थाबारे चासो लिएको नेकपा (माओवादी केन्द्र)का नेता बर्दिवास–१ का बासिन्दा राजु खड्काले जानकारी दिए। 

आफ्ना मित्र मातृकाप्रसाद यादवका छोराको विवाहमा सरिक हुन र सिरहाको मिर्चैयामा राजनीतिक कामको सिलसिलामा सडक मार्ग हुँदै प्रधानमन्त्री दाहाल मङ्गलबार साँझ बर्दिवास आइपुगेका हुन्। 

बाक्लो हुस्सुले विमान सञ्चालन निश्चित हुन नसकेपछि उनी सडक मार्गबाट आउनु परेको सुरक्षा अधिकारीले बताएका छन्। प्रधानमन्त्री दाहाल आज बिहानै विवाह समारोहमा सरिक हुन सिरहा पुगेका छन्। रासस

प्रकाशित: २९ मंसिर २०७३ ०६:१२ बुधबार

प्रधानमन्त्री दाहाल मातृका यादबका छोराको विवाहमा सहभागी हुन सिराहामा