राजनीति

संविधान संशेाधन प्रस्ताव फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन

संविधान संशाेधन प्रस्ताव फिर्ता लिन माग गर्दै युवा विद्यार्थीले राजधानीमा गरेकाे विराेध प्रदर्शन। तस्बिर साैजन्य : अारसी लामिछाने।

काठमाडौँ- संविधान संशोधन प्रस्तावप्रति असहमति जनाउने राजनीतिक दल निकट युवा तथा विद्यार्थी सङ्गठनले साेमबार  राजधानीमा विरोधसभा गरेका छन् ।
नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी निकट युवा तथा विद्यार्थी सङ्गठनका नेता तथा प्रतिनिधिले संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा नरहेको भन्दै माइतीघरमण्डलाबाट नयाँबानेश्वरसम्म र्यालीसहित विरोध प्रदर्शन तथा सभा गरेका हुन् ।

युवा सङ्घका अध्यक्ष राजीव पहारीले हिमाल, पहाड र तराईमा बसोबास गर्ने नागरिकलाई एकताबद्ध गरी प्रदेशको सीमाङ्कन गर्नुपर्नेमा जोड दिँदै मिलेर बसेका नागरिकबीच भावनात्मक रुपमा अलग हुने गरी संविधानमा संशोधन गर्न नहुने बताए।

राष्ट्रिय जनमोर्चा निकट युवा सङ्गठनका अध्यक्ष तिलक थापाले मुलुकमा विदेशीको चाहना र हस्तक्षेप बढाउन ल्याइएको संविधान संशोधन प्रस्तावको अहिले औचित्य नरहेको बताउँदै त्यस्तो प्रस्ताव अविलम्ब फिर्ता लिनुपर्नेमा जोड दिए।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले देशमा स्थानीयलगायत तीनवटा निर्वाचन गरी संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा ल्याइएको सो प्रस्तावले निर्वाचन हुने वातावरणमा अवरोध पु¥याएको र मुलुकमा राजनीतिक अन्यौलता थपेको विचार व्यक्त गरे।  सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएपछि सो प्रक्रियामा असहमत रहेका युवा तथा विद्यार्थीले विभिन्न चरणमा विरोध तथा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । रासस

प्रकाशित: २७ मंसिर २०७३ ०६:३७ सोमबार

संविधान संशेाधन प्रस्ताव लिन माग गर्दै विरोध प्रदर्शन