राजनीति

अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्ड टोली नेपालमा

क्याप्शन

अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्ड टोली नेपाल भ्रमणमा आएको छ।  

शनिवार राती सिंगापुर एयरलाइन्सबाट सो टोली नेपाल आएको उच्च सैनिक स्रोतले जनाएको छ।  

स्रोतकाअनुसार एसिया प्यासिफिक कमाण्डका मेजर जनरल क्रिस्टोफर स्मिथ नेतृत्वको टोली शनिवार राती काठमाडौ आएको हो।  

एसिया प्यासिफकको टोली एक वर्षमै दुई पटक नेपाल आएको हो। यसअघिको टोली पनि किन नेपाल आएको हो भन्नेबारेमा केही खुलाइएको छैन। यसपटक पनि उनको नेपाल भ्रमणबारे केही बताइएको छैन।  

शनिवार नेपाल आएको स्मिथ कमाण्डको टोली पाँच दिन नेपालमा रहने बताइएको छ। यसअघि गत जेठ २५ गते अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चाल्र्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आएका थिए।  

उनी अमेरिकी सेनाको विशेष विमानबाट दिल्लीबाट काठमाडौ आएका थिए।

प्रकाशित: १२ चैत्र २०७९ ०६:५१ आइतबार

अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्ड मेजर जनरल क्रिस्टोफर स्मिथ