राजनीति

रास्वपाले उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गठबन्धन नगरी आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चुनाव लड्ने निर्णय गरेको छ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले तीन वटै क्षेत्रमा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय गरेको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए।

उनले भने, ‘हामीले दल दर्ता हिजो नै गरी सकेका छौँ। निर्वाचन क्षेत्रमा भेटघाटमा लागि रहेका छौँ। गठबन्धन बिना नै हामी चुनाव लड्छौँ।’

यसै गरी उक्त बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ। 

प्रकाशित: ११ चैत्र २०७९ ०६:२६ शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)