राजनीति

रोल्पाको सुलीचौर बन्द,प्युठानमा नमुना जनमत संग्रह

दाङ–पाँच नम्बर प्रदेशबाट अलग्याउने प्रस्तावका बिरोधमा रोल्पा र प्युठानमा आन्दोलन जारी छ। मंगलबार पनि यि दुबै बजार बन्ददेखि नमुना जनमत संग्रह गरिएका छन्। चार नम्बर प्रदेशमा गाभ्ने प्रस्तावको बिरोधम रोल्पाको सुलीचौर बजार बन्द गरिएकाे छ। दिउँसो १ बजेदेखि बेलुका सम्म सरकारी प्रस्तावको बिरोध गर्दै स्थानीय व्यापारिहरुले स्वस्फुर्त बजार बन्द गराएका हुन्। व्यवसाय बन्द गरेर उनिहरुले त्यहाँ खवरदारी सभा समेत गरेका छन्। ‘स्थानीय ब्यापारिहरुले स्वस्फूर्त रुपमा बजार बन्द गराएर सरकारी प्रस्तावको बिरोध गर्नुभएको हो,’ रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदीले भने, ‘त्यहाँ उहाँहरुले सरकार बिरुद्धको खवरदारी सभा समेत गर्नुभयो ।’ उक्त आन्दोलनको संयोजन भने कांग्रेस रोल्पाका सभापति तथा सांसद अमरसिंह पुनले गरेका थिए।

उता आन्दोलनरत अर्को जिल्ला प्युठानमा भने जिल्लाका बिद्यार्थीहरुले सरकारी प्रस्तावका बिरुद्ध ‘नमुना जनमत संग्रह’ गरेका छन्। आन्दोलन संघर्ष समितिको पूर्व घोषित कार्यक्रम अन्तर्गत जिल्लाभरका बिद्यार्थीहरुले प्युठानको बाग्दुला पुल्चोकमा भेला भएर नमुना जनमत संग्रह गरेका हुन्। ‘सरकारको प्रस्तावका बिरुद्ध विद्यार्थीहरुले नमुना जनमत संग्रह गरेका हुन्,’ नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले भने, ‘प्यूठानीहरुले यो प्रस्ताव चाहन्नन् नपत्याए यसको बिषयमा प्युठानीहरु माझ जनमत संग्रह गर भन्ने विद्यार्थीहरुको आन्दोलनको सन्देश हो।’ यो आन्दोलन जिल्लामा त्रिक्राशील विभिन्न बिद्यार्थी संगठनहरुको अगुवाइमा भएको थियो।

यता दाङमा भने पाँच नम्बर टुकार्ने प्रस्तावका बिषयमा मत बाझिएको छ। एमालेसहित केही दलहरु मोर्चा बनाएर आन्दोलनमा होमिएका छन् भने सत्तारुढ माओवादी केन्द्रले आन्दोलनको बिरोध गरेको छ । यस्तै कांग्रेस यो बिषयमा अहिले सम्म मौन छ। दाङमा प्रादेशिक राजनधानी सरोकार केन्द्र र एमाले नेतृत्वको मोर्चाले आन्दोलन गर्दै आएका छन् । सोमबार मोर्चाले दाङमा सरकारी प्रस्ताव बिरुद्ध शक्ति प्रदर्शन गरेको थियो भने राजधानी सरोकार समितिले पनि बिरोधी र्याली गर्दै आएको छ। आन्दोलन चलिरहेका बेला नेकपा माओवादी केन्द्र दाङले भने यो आन्दोलनलाई संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भएको आरोप लगाएको छ । उसले मंगलबार विज्ञप्ति जारी गरेर सीमांकन बिरोधी आन्दोलनको बिपक्षमा उभिन समेत सबैमा अपील गरेको छ।  
 

प्रकाशित: २१ मंसिर २०७३ ११:२२ मंगलबार

रोल्पाको सुलीचौर बन्दप्युठानमा नमुना जनमत संग्रह