राजनीति

बारा – २ मा उपेन्द्र यादवसँग चुनाव लडने राजेन्द्र महतोको चर्चा

बैशाख १० गते हुने उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो पनि चुनाव लड्ने चर्चा छ।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संसद प्रवेश गर्न खाली गराएका बारा २ निर्वाचन क्षेत्रबाट नै राजेन्द्र महतोले चुनाव लडने खबरले यादव र महतो बिच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।

गत मंसिर ४ गतेको निर्वाचनमा सर्लाहीबाट महतो र सप्तरी उपेन्द्र यादव पराजित भए पछि संसद प्रवेश गर्न पाएका छैनन्।

लोकतान्त्रिक समाजवादी पार्टी बाराका अध्यक्ष नवलकिशोर सिँहले बारा –२ बाट पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोलाई पनि चुनाव लडाउन पार्टी भित्र छलफल चलिरहेको बताएका छन्।

अहिले छलफल चलिरहेको छ २/३ दिनमा उम्मेदवारीको टुगो लागिने अवस्था रहेको अध्यक्ष सिँहले बताए।

२०७२ सालमा संबिधान प्रति असन्तुष्टि जनाउँदै तत्कालिन मधेशवादी दलहरुले गरेको नाकाबन्दीमा राजेन्द्र महतोले मधेश प्रदेशको राजधानी वीगरन्जलाई बनाउने र आफू यस क्षेत्रबाट नै राजनितिक गर्ने आश्वासन दिएर बारा, पर्साका मधेशवादी दलका नेता, कार्यकर्ताहरुलाई प्रयोग गरेर वीरगन्ज नाकालाई ६ महिनासम्म बन्द गराएका थिए।

मधेश अन्दोलन साम्य भए पछि राजेन्द्र महतोले वीरगन्जमा प्रदेश राजधानीको लागि कुनै पहल पनि गरेनन् र आफु पनि वीरगन्जको साट्टो धनुषाबाट २०७४ सालको प्रतिनिधी सभा सदस्यको चुनाव लडेर विजयी भए।

गत मंसिर ४ गतेको निर्वाचनमा राजेन्द्र महतो धनुषा छोडेर सर्लाहीबाट प्रतिनिधी सभा सदस्यको लागि चुनाव लडदा पराजित भएर पुनः संसद प्रवेश गर्न बारा –२ बाट चुनाव लडने तयारी गरेका छन्।

वीरगन्ज नाकालाई ६ महिनासम्म बन्द गरेर मधेशवादी दलहरुले गरेको आन्दोलनले बारा, पर्सामा केही उपल्बधी नभए पनि यस क्षेत्रमा स्थापन गर्न लागिएको अर्बौं लगानीका ठूला उद्योगहरु भैरहवा, बुटवल तिर पलाएर भएको गुनासो गरिदै आएको छ।

उपेन्द्र यादवलाई बारा – २ मा पनि चुनौती

रामसहायप्रसाद यादव उपराष्ट्रपति बने पछि रिक्त रहेका बारा – २ निर्वाचन क्षेत्रबाट चुनाव लडेर संसद प्रवेश गर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारामा पनि चुनौती देखिएको छ।

मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनको उम्मेदवार भन्दा  स्थानीय मतदाताहरुले स्वतन्त्र उम्मेदवारलाई बढी मत दिएको, स्थानीय उम्मेदवार र बाहिरी उम्मेदवार बिचको चुनावी नारा , यादव र गैर यादव मतदाता बिचको क्षेत्रमा देखिने अविश्वासले गर्दा बारा –२ मा उपेन्द्र यादवलाई चुनाव जित्न चुनौती देखिएको हो।

सप्तरीबाट पराजित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बैशाख १० गते हुने उप निर्वाचनमा बारा – २ बाट अध्यक्ष यादवलाई बिजयी बनाउने गृह कार्य शुरु गरिएको जसपा बाराका नेताहरुले बताएका छन्।

जसपा पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई बारा – २ बारा बिजयी बनाउनको लागि पहिला गठबन्धन र स्वतन्त्रबाट चुनाव लडेका उम्मेदवारहरुसँग समर्थनको लागि पहल भैरहेको बताएका छन्।

सत्ता गठबन्धनबाट उपेन्द्र यादवलाई नै उम्मेदवार बनाउने सम्भावन बढी रहे पनि गठबन्धनका स्थानीय नेता कार्यकर्ताहरुले त्यसको बिरोध गर्ने डर समेत रहेको यादवले बताए।

मधेशी समुदायको लागि उपेन्द्र यादवले गरेको योग्यादलाई सम्झेर नै क्षेत्रका मतदाताले मत दिएर बिजयी बनाएर पठाउने उनले बताए।

जसपा अध्यक्ष यादव गत मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए।

२०७९ को मंसिर ४ गतेको निर्वाचनमै बारा – २ बाट नै उपेन्द्र यादव प्रतिनिधी सभा सदस्यको लागि चुनाव लडने बताइएको थियो।

सप्तरीबाट पराजित हुने पहिला नै आँकलन गरि उपेन्द्र यादवले बाराबाट चुनाव लडने बताइए पनि अन्तयमा बारा –२ बाट रामसहायक यादव चुनाव लडेर जिते।

सप्तरीबाट उपेन्द्र यादव पराजित बने पछि रामसहायक यादवलाई उपराष्ट्रपति बनाएर आफु संसद प्रवेश गर्न प्रस्ताव लिएर एमाले र माओवादीको संयुक्त गठबन्धनमा गएका थिए।

एमाले र माओवादी गठबन्धनबाट जसपालाई उपराष्ट्रपतिको पद नपाउने देखे पछि यादवले सरकारमा सहभागिता नजनाउने अवस्थामा पुगेका थिए।

सत्ता समिकरण्मा भएको परिवर्तनको पुरस्कार स्वरुप उपराष्ट्रपति जसपाको भागमा परे पछि उपेन्द्र यादवले संसद प्रवेशको इच्छा पुरा गर्न चुनाव लडने तयारी गरेका छन्।

बारा –  २ बाट आफ्नो बिजयी सुनिश्चत गर्न मधेश प्रदेशको मूख्य मन्त्री सरोज यादवलाई बनाएका छन्। स्वतन्त्रबाट चुनाव लडेर बारा – २ मा ११ हजार भन्दा बढी मत ल्याएका रामकिशोर यादवलाई जसपा पार्टीमा ठुलै पद दिने आश्वासन दिएर जसपा प्रवेश गराएका उपेन्द्र  यादव सफल बनेका छन्।

त्यसै गरी अर्का बारा –२ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित बनेका स्वतन्त्र उम्मेदवार सरदा शंकर जयसवाललाई पनि यादवले मधेश प्रदेश सरकारमा मन्त्री बनाउने आश्वासन दिएर जसपमा प्रवशे गराएका बताइएको छ।

यति धेरै जोडबलको साथ उपेन्द्र यादवले बारा –२ बाट चुनाव लडन जाँदा पनि बिजयी प्रति आश्वास्त हुन नसकेको देखिएको छ।

गत मंसिर ४ गतेको निर्वाचनमा एमाले – जसपा गठबन्धनबाट उम्मेदवार बनेको उपराष्ट्रपतिमा निर्वाचित रामसहायक यादवले १३ हजार ८ सय २२ मत प्राप्त गरेर निर्वाचित बनेका  थिए। काँग्रेस–माओवादी लगाएत पाँच दलिय गठबन्धनका उम्मेदवार शिवचन्द्र कुसवाहाले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए।

त्यसै गरि स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर यादव ११ हजार २ सय ५० मत , रोशन  यादवले १० हजार ७ सय ५० मत र अरुण कुमार ज्ञवालीले ७ हजार ६ सय ९८ मत पाएका जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ।

उपेन्द्र यादवलाई हराउनको लागि पहिला काँग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका शिवचन्द्र कुसवाहा, स्वतन्त्र उम्मेदवार बनेका रोशन यादव र अरुण कुमार ज्ञवालीले आपनी एकता गरेर चुनाव लडने आन्तरिक रुपमै सहमति गरेका निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने बरियारपुरका स्थानीय साजन गुप्ताले दाबी गरेका छन्।

अहिले पनि यी तीन जना उम्मेदवाहरुले नै क्षेत्रका मतदाताहरुको घर घरमा पुगेर अ आफ्नो महौल बनाई रहेको गुप्ताले बताए।

बैशाख १० गते हुने उपनिर्वाचनमा बारा – २ बाट क्षेत्र वा जिल्ला कै उम्मेदवारहरुलाई बिजयी बनाउनको लागि क्षेत्र भरिकै बुद्धीजिवि , स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी र मतदाताहरुसँग छलफल भैरहेको मंसिर ४ गतेको निर्वाचनमा  स्वतन्त्र उम्मेदवार बनेका अरुण कुमार ज्ञवालीले बताएका छन्।

क्षेत्रको बिकासको लागि पराजित बनेको उम्मेदवारहरु बिच पनि आपसी एकता गरेर चुनाव लडने कुरामा समेत छलफल चलि रहेको ज्ञवालीले बताए।

लगभग एक लाख ६ हजार मतदाता संख्या रहेको बारा – २ मा यादव समुदायहरुको मत संख्या ३५ हजारको हाराहारीमा रहेको छ भने बाँकी गैर यादव मतदाताहरुको मत संख्या रहेको बताइएको छ।

प्रकाशित: ८ चैत्र २०७९ १२:३४ बुधबार